बजरंगी भाइजानको ‘मुन्नी’ भइन् तरूनी, तस्विर देखेर फ्यानहरू हैरान

डिसी नेपाल
१ साउन २०८० ९:०३
9.7k
Shares

मुम्बइ। सलमान खानको फिल्म ‘बजरंगी भाईजान’को ‘मुन्नी’ याद छ ? जसलाई लिएर सलमान खान फिल्ममा पाकिस्तान जान्छन्। आफ्नो आकर्षक अभिनयले सबैको मन जित्ने को हो ?  हो, हामी हर्षाली मल्होत्राको कुरा गर्दैछौं। त्यतिबेला उनी पहिलो कक्षामा थिइन्। अहिले उनी हुर्किसकेकी छिन्।

हालै हर्षाली मल्होत्रालाई कथक इन्स्टिच्युटबाट बाहिर निस्केको देखियो। उनलाई मुम्बईको खार क्षेत्रमा भेटिएको थियो। हर्षाली इन्स्टाग्राममा सक्रिय छिन् र उनको ठूलो फ्यान फलोइङ छ हर्षाली सामाजिक सञ्जालमा निकै चर्चित छिन्।

बजरंगी भाइजान फिल्म सन् २०१५ मा आएको थियो। उनको चरित्र ‘मुन्नी’ अहिले पनि फ्यानको मनमा जीवित छ। अभिनेत्रीले आफ्ना फ्यान र फलोअर्सलाई आफ्नो बारेमा अपडेट गर्नका लागि सामाजिक सञ्जालमा तस्विर र भिडियो शेयर गरिरहन्छिन्।

हर्षालीको यो परिवर्तन देखेर सबै छक्क परेका छन् । यो भिडियो सामाजिक सञ्जालमा शेयर हुनासाथ फ्यानहरुले प्रतिक्रिया दिन थालेका छन्। एकजनाले लेखेका छन्, ‘कसरी समय बित्यो यार, छोराछोरी ठूला भए ।’ उनको तुलना अभिनेत्री दिशा परमारसँग पनि हुने गरेको छ। धेरै फ्यानहरूले उनको सुन्दरताको प्रशंसा गरे र रातो हृदयको इमोजी पनि साझा गरेका छन्।

हर्षाली मल्होत्राले २०१५ मा कबिर खानद्वारा निर्देशित फिल्म बजरंगी भाइजानमा सलमान खान, करीना कपूर खान र नवाजुद्दीन सिद्दीकीसँग काम गरेकी थिइन्। यस फिल्ममा उनले पाकिस्तानी मुस्लिम बोल्न नसक्ने केटीको भूमिका निभाएकी छिन्। यो फिल्मबाट उनको निकै तारिफ भएको थियो। हर्षालीले २०२२ मा भारत रत्न डा. अम्बेडकर अवार्ड पनि जितेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *