सार्वजनिक यातायातको भाडादर घट्यो, कहाँको कति? (सूचीसहित)

डिसी नेपाल
१ साउन २०८० १७:१२
1.4k
Shares

काठमाडौं। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगत्तै सार्वजनिक यातायातको भाडा झन्डै तीन प्रतिशत घटेको छ ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा रु चार र पेट्रोलमा प्रतिलिटर रु छ घटेको छ ।

त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा दुई दशमलव १३ प्रतिशत, मालबाहक सवारीमा पहाडमा दुई दशमलव ७८ र तराईमा तीन दशमलव ०९ प्रतिशतले भाडा घटाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए।

घटाएको भाडादर आजैदेखि लागू हुने विभागले जनाएको छ । नयाँ भाडादर लागू भए÷नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भाडा समायोजनसम्बन्धी कार्यविधिमा भएको व्यवस्थाका आधारमा समायोजन गरिएको जानकारी दिए। पेट्रोलियम पदार्थमा पाँच प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादरसम्बन्धी कार्यविधिमा व्यवस्था छ ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुनासाथ सार्वजनिक र मालबाहक सवारी साधनको भाडादर समायोजन गर्न मन्त्री ज्वालाले आइतबार विभागलाई निर्देशन दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *