एकीकृत समाजवादीकाे सचिवालय बैठक आज पनि

डिसी नेपाल
२ साउन २०८० ६:३८
64
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। गत शुक्रबार देखी जारी भएको केन्द्रीय सचिवालय बैठक आज पनि बस्न लागेको हो।

सचिवालयका सदस्यहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार आजको बैठक बिहान ९ बजेदेखि सुरु हुनेछ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक बस्नेछ।

समसामयिक घटनाक्रम, संगठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा विजय पौडेल र डा गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए। आजको बैठक अन्य नेताहरुले धारणा राख्ने छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *