एकै पटक ४ वटा टेलिफिल्म लेखन तथा निर्देशन गर्दै सरोज दाहाल
काठमाडौँ। कलाकार तथा टेलिचलचित्रका लेखक तथा निर्देशक सरोज दाहालले एकैपटक ४ वटा टेलिफिल्मको कथा लेखन र निर्देशन गर्दै आएका छन्।
निर्देशक दाहालले सामाजिक घटनामा आधारित माया, भाग्य रेखा, सहारा र पार्बती नामक टेलिचलचित्रको लेखन र निर्देशन गर्दै आएका हुन्। उनले छिट्टै नै अर्को पारिवारिक टेलिचलचित्र ‘ठुल्दिदी’ लिएर आउँदै छ्न्।
दाहालले लेखक तथा निर्देशक गर्नु अघि ‘लौ न भुतुक्कै पारो’ टेलिचलचित्रबाट कलाकारिता क्षेत्रमा यात्रा सुरु गरेका थिए। त्यस्तै गुरुमन्त्र, दृष्टि, भुन्टी, आमा सबैकी, मेरो कथा, गरिमा, माया, साहारा, भाग्य रेखा, नारी जस्ता चर्चित टेलिचलचित्रमा अभिनय समेत गरेका छन्। साथै उनले २० वटाभन्दा बढि म्युजिक भिडियो समेत खेलेका छन्।
कलाकारिता संगसंगै रेडियो सिटि एफ.एम मा कार्यक्रम प्रस्तोताको रुपमा प्रस्तुत भएका दाहाल पछिल्लो समय नेपाली कथानक टेलिचलचित्रहरुको कथा लेखन तथा निर्देशनमा लागेका हुन्।
भर्खरै मात्र छायांकन सकियको निर्मात्री सीता मानन्धर तथा आर.के मानन्धरको कथामा आधारित शर्ट मुभी ‘साहारा’को समेत निर्देशन निर्देशक दाहालले नै गरेका थिए। सो सर्ट मुभी अब छिट्टै नै दर्शकहरु माझ आउने निर्देशक दाहालले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment