६ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्याे

डिसी नेपाल
३ साउन २०८० १५:०१
52
Shares

काठमाडाैं। बिभिन्न देशका लागि परराष्ट्र सेवाका ६ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ।

सिंहदरबारमा बुधबार बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र उनीहरुको नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली सूचना वा उजुरी दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको समितिका सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

त्यस्तै उहाले उजुरी आह्वान सम्बन्धी सुचना प्रकाशित गर्न समिति सचिवलाई निर्देशन दिए।

सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड)का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *