संसद भवन अगाडी प्रदर्शन गर्न खोज्ने मिटरब्याज पीडित प्रहरी नियन्त्रणमा

डिसी नेपाल
४ साउन २०८० १८:०२
52
Shares

काठमाडौं । सरकारले ल्याएको मिटरब्याज सम्बन्धी विधेयकप्रति असन्तुष्टी जनाउदै संसद भवन अघि प्रदर्शन गर्न खोज्ने मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार संसद भवन अगाडी नाराबाजी सहित प्रदर्शन गर्न खोज्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मिटरब्याज तथा ठगी विरुद्धको किसान–मजदुर संघर्ष समितिले नयाँ कानूनले मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी राखेको छ ।

समितिलेसरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने बताउदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *