अभिनेता अर्जुन रामपाल ५० वर्षमा चौथो पटक बने पिता
मुम्बइ। अभिनेता अर्जुन रामपाल प्रेमिका गेब्रिएला डेमेट्रिएड्सको दोस्रो गर्भावस्थाका कारण चर्चामा थिए।
तर बिहीबार अर्थात् जुलाई २० मा दुबैले आफ्नो दोस्रो सन्तानको स्वागत गरे, जसको घोषणा अभिनेताले सामाजिक सञ्जालमार्फत गरेका छन्। अभिनेताको यो विशेष पोष्टमा फ्यानहरूले प्रेमको वर्षा गरिरहेका छन् र जोडीलाई माया दिइरहेका छन्।
५० वर्षको उमेरमा चौथो पटक बाबु बनेको खुसी व्यक्त गर्दै अभिनेता अर्जुन रामपालले तौलियाको तस्बिरमा हेलो वर्ल्ड लेखिएको पोस्ट सेयर गरेका छन्। यो विशेष तस्बिरसँगै अभिनेताले क्याप्सनमा लेखेका छन्, ‘आज म र मेरो परिवारमा एउटा सुन्दर बच्चाको जन्म भएको छ, आमा र छोरा दुवै सन्चै छन्। डाक्टर र नर्सहरूको टोलीलाई धन्यवाद। हाम्रो खुशीको कुनै सीमा छैन। तपाईंको माया र समर्थनको लागि धन्यवाद।
No ads found for this position

डिसी नेपाल
Facebook Comment