टेक्स्टदेखि भिडियोसम्म : वित्तीय उद्योगले मेसेजिंग एपहरूको प्रयोग कसरी गर्न सक्छ ?

डिसी नेपाल
५ साउन २०८० १०:१४

काठमाडौँ। अहिलेको द्रुत गतिको डिजिटल युगमा, मेसेजिंग एपहरू हाम्रो दैनिक सञ्चारका अभिन्न अंग बनेका छन्। सञ्चार च्यानलहरूमा भएको यो परिवर्तनलाई वित्तीय उद्योगले बेवास्ता गरेको छैन – धेरै बैंक तथा वित्तीय संस्थाहरूले च्याट एपहरूको सम्भावनालाई ग्राहकहरूसँग जोडिन र नवीन सेवाहरू प्रदान गर्न अँगालेका छन्।

एक दशक पहिले, तपाईंको बैंकबाट इमोजी भएको सन्देश प्राप्त गर्ने सोच धेरै टाढाको जस्तो देखिन्थ्यो; यद्यपि, हामी आज वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूसँग अन्तरक्रिया गर्ने तरिकामा आएको अविश्वसनीय विकासको साक्षी बनिरहेका छौं।

मेसेजिंग एपहरूले गति लिँइरहँदा, वित्तीय क्षेत्रले ग्राहकहरूलाई थप व्यक्तिगत, सुविधाजनक र प्रभावकारी अनुभव प्रदान गर्ने रचनात्मक तरिकाहरू खोजिरहेको छ। तत्काल ग्राहक सहायता उपलब्ध गराउनदेखि लेनदेन सुव्यवस्थित गर्नका लागि मेसेजिंग एपहरू बैंक तथा अन्य वित्तीय सेवाहरूका लागि अमूल्य औजार बनेका छन्।

यी संस्थाहरूले इमोजी, जिफ, र आकर्षक सामाग्रीको संसारमा प्रवेश गर्दा आफ्नो ब्राण्डको छवि ग्राहकहरूको आशा र विश्वसनीयतासँग पंक्तिबद्ध रहने सुनिश्चित हुने लाइनमा हिंड्नु पर्छ।

आउनुहोस्, वित्तीय उद्योग र त्यसभन्दा बाहिर मेसेजिंग एपहरुको रुपान्तरणका बारेमा चर्चा गरौँ र व्यापार र उपभोक्ताका अगाडी यसले ल्याउने अवसर र चुनौतीहरुका बारेमा केहि प्रकाश पारौं।

मेसेजिंग एपहरूमा बैंकिङ: वित्तमा भरपर्दो छविसँग सुरुचिपूर्ण सामाग्रीको संयोजन
मेसेजिंग एपहरू वित्तीय संसारका लागि महत्त्वपूर्ण भएका छन् किनभने तिनीहरू प्रयोग गर्न सजिला र छिटो छन्। लगभग ५८% मानिसहरुले यी एपहरू व्यवसायहरूसँग कुरा गर्ने सबैभन्दा छिटो तरिका हो भन्ने सोच्छन्। खाता अद्यावधिकहरू पठाउन, ग्राहक सेवा प्रदान गर्न, र नयाँ उत्पादन र सेवाहरू प्रवर्द्धन गर्न यी एपहरूलाई पहिले नै धेरै वित्तीय संस्थाहरूले अपनाएका छन्।

टेक्स्ट, मल्टिमिडिया, र च्याटबटहरू – वित्तीय उद्योगमा मेसेजिंग एपहरूको गतिशील रूपान्तरण

हालका वर्षमा, बैंकहरूले ग्राहकसँग सम्पर्कमा रहन आधारभूत माध्यमको रूपमा टेक्स्टिङमा सफलतापूर्वक रुपान्तरण गरेका छन्। सन्देशले आजको द्रुत-गतिको संसारका प्राथमिकताहरू पूरा गर्दै सञ्चार गर्नको लागि सुविधाजनक र प्रभावकारी तरिका प्रदान गर्दछ।

यस परिवर्तनको पछाडि प्रमुख ड्राइभिङ फोर्सहरूमध्ये एक तथ्य यो हो कि ७५% युवाहरुले सन्देशहरू रुचाउँछन्। यस प्रवृतिलाई पहिचान गर्दै, बैंकहरूले यससँग पङ्क्तिबद्ध गर्न र थप अनुकूलित अनुभव प्रदान गर्न आफ्ना सञ्चार रणनीतिहरू बनाएका छन्।

व्यक्तिगत भ्रमणबाट सन्देशहरूमा: भाइबरजस्ता च्याट एपहरूको व्यापक स्वीकार्यताबाट अब सचेतना र रूपान्तरणदेखि लिएर समर्थन प्रदान गर्ने, वफादारी सुनिश्चित गर्ने लगायतका वृहत् अनुभवहरु सन्देश पठाउने प्लेटफर्महरू मार्फत गर्न सम्भव भएको छ। यो दृष्टिकोणले प्रतिक्रिया र रूपान्तरणका दरहरू बढाउन मात्र मद्दत गर्दैन, बैंक र तिनीहरूका ग्राहक दुवैलाई विशिष्ट अनुभव प्रदान गर्दछ।

रिच-मिडिया व्यापार सन्देशहरूमार्फत् ग्राहक संचार बढाउँदै: भाइबरको सौजन्यमा
मल्टिमिडिया सामग्रीमा ट्रान्जिसन: आजका उन्नत एपहरूले बैंकहरूलाई मानिसहरूसँग पुग्न र सञ्चार गर्न रिच मल्टिमिडिया सामाग्री प्रयोग गर्न सक्षम बनाउँछन्। उदाहरणका लागि, भाइबरमा ब्राण्डहरूले ब्राण्डेड लेन्सहरू सिर्जना गर्छन्, बिजनेस सन्देशहरूमा इमेज, फाइल र भिडियोहरू शेयर गर्छन्, च्याटबटहरूमा स्टिकर र क्यारोसेलहरू पठाउँछन्, र यस्तै अन्य धेरै कुराहरु हुन्छन्। यी क्षमताहरूले प्रभावकारी रूपमा जागरूकता निर्माण गर्न, ग्राहकहरूसँग जोडिन र बैंकका उत्पादन र सेवाहरूमा उनीहरूको रुचि कायम राख्न मद्दत गर्दछ। थप रूपमा, इन्फोग्राफिक्स र भिडियोजस्ता आकर्षक र जानकारीमूलक स्रोतहरू साझेदारी गर्नाले ग्राहकको अनुभवलाई अझ बढाउँछ र बहुमूल्य जानकारी प्रदान गर्दछ।

च्याटबटहरूको उपयोग: बैंकहरूले च्याटबटहरूको उपयोगबाट फाइदा गरेका छन् किनकि यिनीहरूले चौबिसै घण्टा सहायता प्रदान गर्छन् र परम्परागत इमेलभन्दा कुशल छन्। आजका ग्राहकहरूले व्यवसायहरूसँग व्यक्तिगत र समयमै अन्तरक्रियाको अपेक्षा गर्छन्। च्याटबटहरूले सही जानकारी, छोटो समयमा प्रतिक्रिया, झन्झट-मुक्त समर्थन र स्वयम् सेवाका विकल्पहरू प्रदान गरेर यी अपेक्षाहरू पूरा गर्दछन्। च्याटबोटहरूको साथमा बैंकहरूले लाइभ सपोर्ट एजेन्टहरूलाई थप जटिल प्रश्नहरूको सामना गर्न छोडेर आफ्ना सेवामा सन्तुष्टि, वफादारी र समग्र विश्वास बढाउन सक्छन्।

मेसेजिंग युगलाई अँगाल्दै
आजको निरन्तर परिवर्तनशील संसारमा मेसेजिंग एपहरू प्रयोग गर्ने बैंक र वित्तीय संस्थाहरू अगाडि रहन र उद्योगका नेता बन्न सक्छन्। च्याट एपहरूले सञ्चारलाई सजिलो बनाउँछ, ग्राहकमा ध्यान केन्द्रित गर्दछ, र विश्वास र वफादारीमा सुधार गर्दछ। वित्तीय उद्योगको सञ्चार रणनीतिमा मेसेजिंग एपहरू समावेश गर्नु अब लक्जरी होइन बरु बढ्दो डिजिटल संसारमा फस्टाउनको लागि यो आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *