गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी
तम्घास। गत आर्थिक वर्ष २०७९\८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको सङ्ख्याभन्दा राहदानी बनाउनेको सङ्ख्या करिब पाँच हजारभन्दा बढी छ ।
गत आवमा वंशज, वैवाहिक र जन्मका आधारमा १० हजार तीन सय ५५ जनाले नागरिकता बनाएका छन् भने राहदानी बनाउनेको सङ्ख्या १५ हजार ८६ जना छन् ।
कार्यालयका अनुसार जिल्लामा आव २०७८\७९ मा सात हजार चार सय नौ र आव २०७७\७८ मा दुई हजार चार सय २६ र जनाले राहदानी बनाएका छन् ।
गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रशासनमा राहदानी बनाउने प्रयोजन उल्लेख नभए पनि अधिकांशले वैदेशिक रोजगारीकै लागि राहदानी बनाउने गरेको बताए।
कार्यालयका अनुसार गत आवमा राहदानी बनाएवापत रु सात करोड ३१ लाख ९० हजार राजस्व सङ्कलन भएको छ । जुन आव २०७८\७९ मा रु तीन करोड ७१ लाख ६७ हजार हजार पाँच सय थियो ।
साथै राहदानी बनाएवापत कार्यालयले आव २०७७\७८ मा रु एक करोड ४५ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment