फिल्म ‘कार्साङ’ मार्फत नेपाली फिल्ममा डेब्यु गर्दे छिरिङ
काठमाडौँ। यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन्। छिरिङले यसै फिल्म मार्फत नेपाली फिल्ममा डेब्यु गर्न लागेकी हुन्।
छिरिङले यस अघि शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्यूजिक भिडियोमा अभिनयसमेत गरेकी छन्। उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन्।
छिरिङले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम समेत राखेकी छन्। उनले ५६ सय मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी हुन्।
यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो। यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन्।
पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन्। फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ।
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए। फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ।
निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्। यो फिल्ममा दयाहाङ र बुद्धि अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटसका लागि माग बढिरहेको निर्माण पक्षको दाबी छ। फिल्मको छायाकंन तिहार लगतै गरिने बताइएको छ।
फिल्मको वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment