सौरभ ज्योतीको गीत ‘छ-जी’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
७ साउन २०८० १७:१७
116
Shares

काठमाडौं। ज्योती ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतीले ‘छ-जी’ बोलको गीत सार्वजनिक गरेका छन्।

उनले सो गीत नेवारी भाषा तथा प्रेमलाई समर्पित गरेर गाएका हुन् । ‘छ-जी’ को मनमोहक धुनले नेवारी भाषाको सांस्कृतिक सम्पदा लाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गरेका छन् ।

ज्योतीले एक वर्षसम्म मन मस्तिष्क लगाएर रचेको ‘छ-जी’ले दर्शक माँझ राम्रो प्रतिक्रिया पाउने आशा राखेको छ। नेवारी भाषामा भएतापनि यसको हृदय स्पर्शी धुन र भिडियो मार्फत् सबै पृष्ठभूमीका दर्शकहरु माँझ गहिरो छाप छोड्ने छ।

एउटा कलाकारको रुपमा ज्योतीले यस गीतको लेखनमा मात्र नभई गीतको रचनाको प्रत्येक चरणमा सक्रिय भएका थिए जसले संगीतप्रतिको उनको गहिरो प्रतिबद्धता र लगावलाई झल्काउँछ।

त्यसैगरी, यस भिडियो मार्फत् मोडल तथा अभिनेत्री ज्योत्सना योगीले डिरेक्टरियल डेब्यु गरेकी छन् भने जेम्स प्रधानले रचना तथा प्रोडक्सन गरेका छन् ।

संगीत प्रेमीहरूको लागि पहुँचयोग्य बनाउन यो गीत सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *