प्रधानमन्त्रीको सल्लाहकार भन्दै ४५ लाख भन्दा बढी ठगी गर्ने दुई जना पक्राउ

डिसी नेपाल
७ साउन २०८० २०:१५
1.2k
Shares

काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी दिए।

काठमाडौंको नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीहरूलाई आइतबार दिउँसो साढे १ बजे कोटेश्वरबाट पक्राउ गरेको हो।

उनीहरूले ४५ लाख भन्दा बढी रकम ठगी गरेको र ना ४ च ८६७० नम्बरको जिप लिएर भागेको भन्ने उजुरी परेको छ। उनीहरूले प्रधानमन्त्रीका सुशासन सल्लाहकार एवं अन्य प्रमुख नेताहरूसँग समेत चिनजान भएको भन्दै ठगी गरेको आरोप छ।

इलाका प्रहरी कार्यालय दमकमा उनीहरूविरूद्ध मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत भद्रपुरबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई दमक पठाइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *