अर्थमन्त्री महत भन्छन्– मैले पुरस्कारको व्यवस्था गरेँ, १०० किलो सुन समातियाे
फाइल
बुटवल। अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन बरामद गर्न सकिएको दाबी गरेका छन्।
सोमबार बुटवलमा प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण १०० किलो सुन समातिएको दाबी गरेका हुन्। यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिँदा उक्त सुन समातिएको उनको भनाइ छ।
सुन तस्करी प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने र उक्त अनुसन्धानमा आफूले सघाउने बताएका उनले दोषी जोसुकैलाई कारबाही गरिने बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment