एमाले अध्यक्ष ओली स्वदेश फिर्ता
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। गत साउन २ सोमबार निर्वाचनको पर्यबेक्षण गर्नका लागि कम्बोडिया गएका ओली एक सातापछि स्वदेश फर्किएका हुन्।
सोमबार राति स्वदेश फर्केका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेललगायतका पार्टीका शिर्ष नेताहरुले स्वागत गरेका थिए।
कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यबेक्षण गर्न बिशेष अतिथिको रुपमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, राजन भट्टराईसहित सचिवालयका अन्य सदस्यहरू सो भ्रमण टोलीमा सहभागी थिए।
एक साता लामो कम्बोडिया बसाइका क्रममा उनले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसहित सरकारी उच्च अधिकारीसँग पनि भेट गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment