प्रतिनिधिसभा बैठक बस्दै, बेपत्ता आयोग ऐन संसदमा पेश हुने

डिसी नेपाल
१० साउन २०८० ७:१३
72
Shares

काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संसदमा पेश हुनेछ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वविद्यालय विधेयक २०८० लाई छलफलका लागि सबन्धित समितिमा पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *