‘माइत जाने हो’ भन्दै नाचे सुबोध,बिजय, विना र आभा

डिसी नेपाल
१० साउन २०८० १०:०२
160
Shares

काठमाडौँ। तीज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ।

निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा बिष्णु तामाङको संगीत तथा संगीत सम्योजन रहेको छ। गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ।

विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, बिजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले रुचाएका छन्। सुबोध पुर्बी नेपाल फिक्कलका मेडिकल व्यवसायी एपेक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टीक जडिबुटी काठमाण्डौंका सञ्चालक समेत हुन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *