निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको आरोप लागेपछि गगन थापाले जरिवाना तिरे
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचन खर्च सार्वजनिक गरेको कुरा निर्वाचन आयोगलाई जानकारी नगराएकोमा जरिवाना तिरेका छन् । उनले बिहीबार जरिवाना तिरेको जानकारी गराउँदै आफ्नो निर्वाचनको खर्च पनि सामाजिक संजालमार्फत शेयर गरेका छन् ।
उनले लेखेका छन् ‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment