फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स बिक्री

डिसी नेपाल
१२ साउन २०८० १२:३२
304
Shares

काठमाडौँ। फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स महँगो रकममा बिक्री भएको छ।

यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्मको अन्तराष्ट्रिय रिलिज सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो। फिल्मको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच आधिकारिक संझौता भइसकेको छ।

फिल्म ‘कार्साङ’का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतिक) सुवेदी र रमेश ढकालले सम्झैता गरेका हुन्। फिल्मको ओभरसिज राइट्स छायाकंन अगावै बिक्री भएको छ।

यम शेर्पाको निर्देशनमा बन्ने यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् भने नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन्। निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्। फिल्ममा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए। फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन्। फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ।

तिहार लगतै छायाकंन गरिने यस फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित-रत्न)ले लिएको छ। ओभरसिज राइट्स विक्री भएसँगै नेपाल र विदेश एकसाथ फिल्मलाई प्रदर्शन गर्ने निर्देशक शेर्पा बताउछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *