‘मिस युनिभर्स नेपाल २०२३’को आवेदन खुला

डिसी नेपाल
१२ साउन २०८० १६:२२
116
Shares

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२३’को आवेदन खुलेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले आवेदन खुल्ला भएको जानकारी दिएकी हुन्।

मिस युनिभर्सको फ्रान्चाइजको रुपमा हुन लागेको यो चौंथो राष्ट्रिय प्रतियोगिता हो। प्रतियोगितामा भाग लिन चाहने सुन्दरीहरुले यही साउन १८ गतेसम्म आवेदन दिनसक्ने श्रेष्ठले बताइन्।

उनले आगामी संस्करणलाई थप समावेशी बनाउने प्रयास भइरहेको बताइन् । अबको संस्करणमा प्रतिस्पर्धीको उमेर सीमा बढाएर १८ देखि २८ वर्ष कायम गरिएको छ।

मिस युनिभर्स नेपालका प्रबन्ध निर्देशक उद्धव अधिकारीले प्रतियोगिताले सबैलाई अवसर प्रदान गर्दै अघि बढ्न प्रोत्साहन दिने बताए ।

आउँदो संस्करणको विजेताले ७२औं मिस युनिभर्समा प्रतिनिधित्व गर्न पाउने छिन् । साथै, बिजेताले विद्युतीय स्कुटर पनि उपहारस्वरुप प्राप्त गर्नेछिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *