मानिसबाट कुकुर बनेका व्यक्तिले अब के खान्छन् ? भिडियो देखेर मानिसहरू चकित
काठमाडौं । जापानका एक व्यक्ति आजकल आफ्नो अनौठो शौकका कारण चर्चामा छन् । टोको-सानलाई कुकुर बन्ने मन थियो, जसलाई पूरा गर्न उनले कुकुरको जस्तै पोशाक बनाए।
पहिरन लगाएर उनी अहिले कुकुरजस्तै बाँचिरहेका छन्, जुन देखेर वरपरका मानिसहरु छक्क परेका छन् । टोकोले कुकुर हुनुको एउटा पनि अनुभव गुमाउँदैनन्, यसका लागि उनले आफ्नो मानव खाना त्यागेका छन्।
जापानी व्यक्तिले आफ्नो लागि १२ लाख रुपैयाँ पर्ने कोली जातको कुकुरको पोशाक तयार पारेका छन् । यसपछि कुकुरको रुपमा देखिएका व्यक्तिले आफ्नो नाम पनि परिवर्तन गरेका छन् र अहिले उनी आफूलाई रफ कोली भनेर सम्बोधन गरिरहेका छन् । उनले आफ्नो दिनचर्या कुकुरको रुपमा युट्युब मार्फत मानिससँग सेयर गर्दै आएका छन्, जसलाई लाखौंले हेरिरहेका छन् ।
कुकुर बन्ने आफ्नो सपना पूरा गर्न टोकोले कुकुरसँग सम्बन्धित सबै कुरा अपनाएका छन् जसमा उनको खाना पनि छ । उनले दिनमा तीन पटक खान्छन् र उसको आहारमा पौष्टिकतायुक्त कुकुरको खाना हुन्छ। युट्युबमा शेयर गरिएको भिडियोमा टोकोले आफ्नी श्रीमतीले दिएको कुकुरको खानाको मजा लिइरहेको देख्न सकिन्छ ।
कुकुरले जस्तै, टोकोले भोक लाग्दा मालिकसँग खाना माग्छन् । उनी आफ्नो पुच्छर हल्लाउँदै खाना प्राप्त गर्न पर्खिरहेका हुन्छन्। कुकुरहरूका लागि बनाइएको भाँडोमा उनको अगाडि खाना दिने बित्तिकै, टोकोले ठूलो उत्साहका साथ कुकुरको खाना खान्छन्। यसका साथै कुकुरहरूले जस्तै पुच्छर हल्लाएर उनले आफ्नी श्रीमतीप्रति कृतज्ञता व्यक्त गर्छन्।
कुकुर बनेपछि टोकोलाई कुकुरको लागि बनाइएको खोरमा सुत्न मन पर्छ। उनको लागि छुट्टै कोठा बनाइएको छ जहाँ उनको खोर राखिएको छ । राती सुत्नुअघि उनी आफ्नी श्रीमतीसँग खेल्छन् । त्यसपछि उन आफ्नो खोरमा सुत्छन् । युट्युब भिडियोमा टोको खोरमा छिरेपछि उनकी श्रीमतीले कोठाको बत्ती निभाउने गरेको देखिन्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment