वैशाखे घाममा टिकटकस्टार समारिका र सुरेशको रोमान्स
काठमाडाैं। गायक तथा संगितकार नागेन्द्र श्रेष्ठको वैशाखे घाम बोलको गीतको भिडिओ सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा गीतकार लाल कार्की अन्जानको शब्द शृजना रहेको छ भने संगीत वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको रहेको छ।
गीतमा एरेन्ज विक्क्ल खड्काले गरेका हुन्। जसमा मिक्सिङ तथा मास्टरिङ सागर सुब्बाको रहेको छ। गीतमा गायिका सुनिता कार्कीको स्वर रहेको छ। भिडियोमा पछिल्लो समयकी चर्चित मोडल तथा टिकटकर समारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन शिवाजी क्षेत्रीले गरेका हुन्।
प्रेम, रोमान्स र विछोडले भरिएको प्रेम कथालाई भिडियोमा देखाइएको निर्देशक क्षेत्री बताउँछन्। भिडियोको छायाकंन करण चैसीरले गरेका हुन् भने भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन्।
भिडियो संगीतकार श्रेष्ठकै अफिसियल युट्युब च्यानल नागेन्द्र श्रेष्ठबाट बजारमा आएको छ। सार्वजनिक गीत संगीतकार नागेन्द्र श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment