अछाम र जाजरकोटका सीडीओ हेरफेर

डिसी नेपाल
२२ साउन २०८० १०:५५
364
Shares

काठमाडौं। गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) पठाएको छ।

जाजरकोटको रिक्त प्रजिअमा उपसचिव सुरेश सुनारलाई पठाएको हो ।अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा भएकाले उनको स्थानमा उपसचिव शरदकुमार पोखरेलले पठाइएको छ। सु

नार मोरङमा सहायक प्रजिअका रूपमा कार्यरत थिए । बाँकेमा सहायक प्रजिअ तथा डोल्पा र बझङमा प्रजिअ भैसकेको उनको अनभुव रहेको छ।

त्यस्तै पोखरेललाई मुगु र दार्चुलाको प्रजिअ भैसकेको अनुभव छ। उनी यसअघि राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक थिए। उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअ भएर काम गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *