सुन तस्करी प्रकरणः उच्चस्तरीय छानविन समिति गठन गर्ने विषयमा जुटेन सहमति

डिसी नेपाल
२३ साउन २०८० १४:५६
72
Shares

काठमाडौं। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने बिषयमा सत्तापक्ष सहमत नभएपछि शीर्ष नेताको बैठक निष्कर्षबिहीन भएको छ।

मंगलबार बालुवाटारमा सभामुख सहित बसेको शीर्ष दलको बैठकमा एमालेले राखेको उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने मागमा सत्तापक्ष सहमत नभएपनि बैठक निष्कर्षबिहीन भएको हो । यद्यपि सदन सूचारु गर्ने र सांसदहरु तथा गृहमन्त्रीको जवाफ सुन्न भए एमाले तयार भएको छ ।

एमाले सचेतक महेश बर्तौलाले बाढी पहिरोको समस्या, लम्पी स्किनका विषय लगाएतमा सांसदहरुलाई धारणा राख्न दिने र गृहमन्त्रीको पनि जवाफ सदनमा सुन्ने तर त्यसपछि उच्चस्तरीय छानविन समिति गठन गर्ने प्रतिवद्धता नआए विरोध गर्ने बताए। सरकार एमालेलाई थकाउने र भ्रम छर्ने रणनीतिमा देखिएको उनले बताए।

त्यस्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सिआईवीले समेत सुन प्रस्करी प्रकरणमा अनुस्न्धान गरेकाले अरु समिति गठन गर्न नहुने बताए। उनले अहिलको समितिले अनुसन्धानलाई निष्कर्षमा नपुर्‍याए अरु संयन्त्र बनाउन सकिने बताए।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा विवाद हुदा सदनको बैठक लगातार प्रभावित भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *