संसद अबरोध खुलाउन प्रमुख तीन दलको बैठक फेरि बस्दै
काठमाडौं। प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्दैछ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्न लागेको हो।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरु बैठकमा उपस्थित हुनेछन्।
प्रतिनिधसभाकाे बैठक १ बजे बस्नु अगावै हाल अबरुद्ध भइरहेकाे प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सहमित खाेज्न उक्त बैठक बस्न लागेकाे हाे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment