नागरिक लगानी कोषले बढायो नाफा

डिसी नेपाल
२८ साउन २०८० ११:३४
188
Shares

काठमाडौं। नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको भन्दा ३६.७४ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड ३९ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो।

यस कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी १ अर्ब २४ करोड ८८ लाखबाट बढेर १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । साथै, ब्याज आम्दानी पनि ३५ करोड ९९ लाखबाट बढेर ४० करोड ४९ लाख पुगेको छ। जसले गर्दा यसको नाफामा वृद्धि देखिएको हो।

लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ। यसको जगेडा कोषको आकार २२ अर्ब ३६ करोड ९४ लाख रहेको छ। अघिल्लो वर्ष रिजर्भ १९ अर्ब १५ करोड ५१ लाख रुपैयाँ रहेको थियो। यसले मुद्दति निक्षेपमा १ खर्ब १४ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ।

यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३० पैसाबाट घटेर १७ रुपैयाँ ८ पैसा कायम भएको छ । यसको नेटवर्थ २२३ रुपैयाँ ८० पैसाबाट घटेर १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ । आरओआइ ९.४० % रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *