माओवादीले अब पार्टीको नेतृत्व लोकतान्त्रिक विधिबाट चयन गर्छः उपमहासचिव शर्मा

डिसी नेपाल
२८ साउन २०८० १२:४३
140
Shares

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीको नेतृत्व लोकतान्त्रिक प्रक्रिया अनुरुप चयन गर्ने बताएका छन्।

शनिबार माओवादी निकट युवा संघ वाइसिएलको मध्यपुर थिमि नगर भेलाललाई सम्बोधन गर्दै उपमहासचिव शर्माले लोकतान्त्रिक विध अबलम्बन गर्दै कार्यकर्ताको मतबाट नेतृत्व चुनिने व्यवस्था गर्न लागेको बताएका हुन्।

उनले कार्यकताले छान्ने विधि अपनाएमा नेताको वरिपरी घुमेर नेता बन्ने प्रवृत्तिको अन्त्य हुने जिकिर गरे। अब पार्टीको नेतृत्व कार्यकर्ताको मतदानबाट चुनिने उपमहासचिव जनार्दन शर्माले बताएका छन् ।

उनले भने, ‘अब माथिका नेताले मूल्यांकन गरेर हुँदैन। अब तलका कार्यकर्ताले नेता चुन्ने विधि बसालिन्छ।’ पार्टीलाई जिवन्त राख्ने उत्तम विकल्प यही मात्रै भएको उनको भनाइ छ ।

उपमहासचिव शर्माले पार्टीको कार्यकारी पदमा मतदानबाट चुनिएर नेता बन्ने प्रचलन स्थापित गरिए सबैले अवसर पाएर पार्टीमा नयाँ नेतृत्वको विकास हुने बताए । यसले नेता र कार्यकर्ताबीचको सम्बन्ध थप सुमधुर हुने उनले दाबी गरे । आगामी महाधिवेशमा मतदान प्रक्रियामार्फत नेता चुनिने विधिको पार्टीले आधिकारिक रुपमा निर्णय लिने उनले जनाए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *