विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६७ रूपैयाँ बढी
काठमाडौं। आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ७७ पैसा र बिक्री दर १४५ रुपैयाँ ४३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसामा काराेबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसामा काराेबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३५ रुपैयाँमा खरिदबिक्री हुदाँ क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८५ पैसामा किनबेच हुनेछ।
यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसामा काराेबार गर्न सकिने छ।
साथै, साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९६ रुपैयाँ ताेकिएकाे छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment