गोपालको शब्द, रंजित गजमेरको संगीतमा रहेको ‘मेरो कथाको’ ( भिडियो )
काठमाडौं।’द भ्वाइस अफ नेपाल सिजन-३ विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको ‘मेरो कथाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार रहेको छ। गीतमा संगीत र संगीत संयोजन वरिष्ठ संगीतकार रंजित गजमेरको रहेको छ।
म्युजिक भिडियोमा आकाश श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन्। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। भिमा लोहार निर्मात्री रहेको यस गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।
गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment