‘गणपति’ को ट्रेलर सार्वजनिक

डिसी नेपाल
३० साउन २०८० १०:३४
272
Shares

काठमाडौं। प्रतिक्षित फिल्म ‘गणपति’ को ट्रेलर मंगलबार ओएसआर डिजिटलबाट रिलिज गरिएको छ। भदौ १४ गते प्रदर्शन हुने फिल्मको ३ मिनेट लामो ट्रेलरले दर्शकमाझ थप कुतुहलता जगाएको छ।

सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा निसन्तान दम्पतिलाई भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने बिबिध परिस्थितिलाई प्रस्तुत गरिएको छ।

कमेडी र सेन्टिमेन्ट भरपुर देखिने फिल्ममा मुुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु,कालु रानाका साथमा अथिति भूमिकामा अभिनेत्री बर्षा शिवाकोटीले अभिनय गरेकी छिन्। रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको ट्रेलरमा प्रमुख सबै कलाकारलाई समेटिएको छ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मण रिजाल, कार्यकारी निर्माता बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह छन्।

हरिबहादुर घलेले खिचेको फिल्मका गीतमा अनिश अधिकारी, शंकर अधिकारी घायल,देबेन्द्र बब्बु,बाबुल गिरी र सबिन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ।

बिपीन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन्। तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको फिल्मको बितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *