आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ १३२ रुपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसामा काराेबार हुदाँ युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८० पैसा र बिक्री दर १४५ रूपैयाँ ४६ पैसामा काराेबार गर्न सकिने छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २३ पैसा र बिक्री दर १६८ रूपैयाँ ९९ पैसामा खरिदबिक्री हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६० पैसामा काराेबार गर्न सकिने छ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट् बैकले दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९५ पैसा कायम गरेकाे छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३४ पैसा र बिक्री दर ३६ रूपैयाँ ५१ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४७ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.५७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७० रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४३०.४१ पैसा विक्रीदर ४३२.३६ पैसामा काराेबारकाे अनुमति दिएकाे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment