सदनको गतिरोध अन्त्यका लागि बालुवाटारमा सत्तारुढ दलको छलफल
काठमाडौं। सत्तारूढ दलहरूबीच सदनको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ।
प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ।
सोही विषयमा सत्तारुढ दलबीच बुधबार बिहान छलफल भएको हो। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा संसद्को गतिरोध खुलाउने विषयमा कुराकानी भएको छ।
बैठकले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दललगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए।







डिसी नेपाल







Facebook Comment