कोशी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

डिसी नेपाल
६ भदौ २०८० १६:३४

काठमाडौं । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरुले बहिष्कार गरेपछि प्रभावित भएको छ ।

बुधबार बसेको बैठक सुरु हुने बितिकै एमाले र राप्रपाका सांसदहरुले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लङ्घन भएको भन्दै बहिष्कार गरेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले पनि थापाको पक्षमा मत दिएका थिए । एमाले र राप्रपाका सांसदले नारावाजी गर्दै बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *