पशुपतिनाथमा रक्षाबन्दन बाध्ने र जनै फेर्नेको भिड {फोटोफिचर}

अनिल पोख्रेल
१४ भदौ २०८० १०:११

काठमाडौं। आज काठमाडौंको पशुपतिनाथ परिसरमा रक्षाबन्दन बाध्ने र जनै फेर्नेको भिड लागेको छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व हिन्दु धमावलम्बीहरुले स्नान गरी गुरु पुरोहितबाट रक्षा बन्धन बाध्ने र जनै फेर्ने गर्दछन्।

आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यस वर्षको रक्षा बन्धनमा बिहीबार बिहानैदेखि पशुपति क्षेत्रमा पुरोहितबाट रक्षा बन्धन र जनै फेर्नेको भिड लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *