शाहरुखको फिल्म ‘जवान’को निशानामा ‘पठान’को कीर्तिमान, पहिलो दिनको कमाईलाई उछिन्ला ?
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ बिहीबार बिहान भारतका सबै थिएटरमा रिलिज हुँदैछ । समाचार एजेन्सी पीटीआईका अनुसार यो फिल्मको स्क्रिनिङ बिहान ५ बजेदेखि सुरु हुँदैछ ।
चलचित्रको टिकट बिक्री गर्ने कम्पनी बुक माई शोले अहिलेसम्म यो चलचित्रको पाँच लाख टिकट बिक्री गरेको बताएको छ । पहिलो दिन कूल १० लाख टिकट बिक्री हुन सक्ने अनुमान छ र दुई लाख टिकट बिक्री भइसकेको छ ।
यससँगै बिहीबारका लागि पीभीआर आइनक्समा पाँच लाख टिकट पनि खरिद गरिएको छ ।
पीभीआर आइनक्सका कार्यकारी निर्देशक सञ्जीव कुमार बिजलीले भने, ‘यो निकै ठूलो आंकडा हो । र प्रारम्भिक अनुमानले सुझाव दिन्छ कि जवानले पठान भन्दा ठूलो कीर्तिमान बनाउन सक्छ। पहिलो दिन ६५ देखि ७० करोडसम्म कमाइ हुनसक्ने मानिसहरुको भनाइ छ । यो पठानको पहिलो दिनको कमाईभन्दा धेरै हो । पठानको पहिलो दिनको कमाई ५५ करोड थियो । यस्तो अवस्थामा पहिलो दिन पठानको भन्दा जवानको कमाई बढी हुने अनुमान गरिएको छ ।
पठान शाहरुख खानको सबैभन्दा धेरै कमाउने फिल्म हो, जसले विश्वभर १,०५० करोड कमाएको थियो। चलचित्रको व्यापार अनुगमन गर्ने विज्ञ कोमल नाहटा बिजलीको मूल्याङ्कनमा सहमत देखिन्छन् ।
नाहटा भन्छन्, ‘देशभर सिंगल स्क्रिनदेखि मल्टिप्लेक्ससम्म निकै उत्साह देखिएको छ, यस्तो अवस्थामा कति कमाइ हुन्छ भन्न गाह्रो छ तर भारतमा पहिलो दिन जवानको कमाई कम्तीमा ७० करोड हुनुपर्छ ।”
अर्कोतर्फ, दक्षिण भारतमा फिल्मको व्यापार अनुगमन गर्ने विश्लेषक रमेश बाला भन्छन्, ‘फिल्मको अग्रिम बुकिङलाई हेर्दा दक्षिण भारतमा फिल्मले पहिलो दिन २० देखि २५ करोड र भारतभर ७० देखि ७५ करोड कमाएको हुनुपर्छ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment