अमेरिकाबाट गीतकार शाहले ल्याए ‘परदेशमा’ गीत (भिडियो)

डिसी नेपाल
२८ भदौ २०८० २१:४५
440
Shares

काठमाडौं। लामो समय देखि अमेरिकामा बसोबास गरेर निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गीतकार प्रलाद शाहको नयाँ गीत ‘परदेशमा’ केही समय अगाडि सार्वजनिक भएको छ।

बाल्यकाल देखि युवाअवस्था सम्म नेपालको बसाई र त्यसपछिको परदेश बसाईपछि एउटा मानिसको आफ्ना मनमा उब्जने कुराहरुलाई गीतकार जस्ताको त्यस्तै ‘परदेशमा’ मार्फत व्यक्त गरेका छन्।

खास गरी जीवनको उताराद्धमा आम मानिस जहाँ र जस्तो सुकै अत्याधुनिक जीवनशैली भोगिरहेको भए पनि उसलाई आफ्नो जीवनको युवा र बाल्यकालको सम्झना धेरै आउने कुरालाई गीतकार शाहले ‘परदेशमा’ गीत मार्फत व्यक्त गर्न खोजेको देखिन्छ।

गायक किरण भुजेलको स्वर, दीपकराज बिश्वकर्माको सगीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई राइट ट्युन इन्टरटेन्टमेन्टले  निर्माण गरेको हो।

बिशाल थापाको सीनेमाटोग्राफी,फराजअर्पणको सम्पादन रहेको ‘परदेशमा’भिडियोमा दर्शकको सतप्रतिशत सकारात्मक प्रतिक्रिया आएको छ।

गीतकार शाहका यसअघि मंगली, मेरी आमा, परानै दिन्छु, चानचुन पैसा,भेट हुदा, सयौ कारण, सरला, सितल जुन, तिमीलाई कति माया गर्छु लगायत दर्जनौ गीतहरुलाई पनि दर्शक श्रोताले मन पराइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *