लिपस्टिकका कारण दम्पतीको सम्बन्ध खतरामा

डिसी नेपाल
३१ भदौ २०८० १५:३८

काठमाडौं । लिपस्टिकको विवादसँग जोडिएको यो घटना उत्तर प्रदेशको आगराको हो । यहाँ यही विवादका कारण श्रीमान्–श्रीमतीबीचको सम्बन्ध संकटमा परेको थियो ।

लिपस्टिकलाई लिएर झगडा भएका दम्पती ताज सहरको शहीद नगरमा बस्छन् । युवतीका श्रीमान सिकन्दरा क्षेत्रमा रहेको जुत्ता कारखानामा काम गर्छन् ।

यी जोडीले तीन महिनाअघि मात्रै विवाह गरेका थिए । युवतीका श्रीमानले हरेक दिन जस्तै कारखानाबाट आउँदा सबै ठिकठाक रहेको बताउँछन् ।

राति सुत्ने क्रममा श्रीमतीले आफ्नो अगाडि ओठमा लिपस्टिक लगाएको युवकले बताए । बिहान उठेर श्रीमतीलाई हेर्दा ओठमा लगाएको लिपस्टिक हराइरहेको युवकको आरोप छ ।

यसबारे आफ्नी श्रीमतीलाई सोध्दा उनले विभिन्न कुरा गर्न थालेको युवकले बताए । श्रीमतीले स्पष्ट जवाफ दिइनन् ।

युवककी श्रीमतीले राति लिपस्टिक लगाएको बताइन् । बिहान ब्रस गरिन्, मुख धोइन्, नाश्ता गरेपछि लिपस्टिक हट्यो।

श्रीमानले सबै कुरामा शंका गर्ने गरेको श्रीमती बताउँछिन् । उनको लिपस्टिक हटाएपछि श्रीमानले उनलाई कुटपिट गरे। उनले यसबारे प्रहरीमा उजुरी गरेकी छिन् । प्रहरीले घटनालाई पारिवारिक परामर्श केन्द्रमा पठाएको छ ।

लिपस्टिकलाई लिएर श्रीमान्–श्रीमतीबीच झगडा भएको पारिवारिक परामर्श केन्द्रका इन्चार्ज अतुल चौधरीले बताए । श्रीमानले आफ्नी श्रीमतीलाई शंका गर्छन्। दुवैलाई परामर्शका लागि अर्को मिति दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *