आफ्नो उत्पादन प्राकृतिक भएको प्रमाणित गर्न कम्पनीका मालिकले लुगा धुने साबुन खाए

डिसी नेपाल
१० असोज २०८० १६:१८

काठमाडौं । धेरै पटक मानिसहरू आफ्नो व्यवसायलाई सही प्रमाणित गर्न कुनै पनि हदसम्म जान्छन्। यसका लागि मुर्खतापूर्ण काम गर्न पनि हिचकिचाउँदैनन् । भर्खरै एक चिनियाँ कम्पनीका मालिकले पनि केही यस्तो गरे जुन चर्चामा आयो र उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

एक कर्मचारी बैठकको क्रममा, क्लिन्जिङ प्रोडक्ट निर्माता होङवेईका अध्यक्षले लुगा धुने साबुनको बारेमा प्रस्तुति दिँदै मानिसहरूलाई यसमा कुनै हानिकारक रसायनहरू छैनन् भनी बताइरहेको देखिन्छ ।

उनले भनेका छन् “यसमा क्षार, जनावरको बोसो र दूध मात्र हुन्छ।” तर भिडियोमा अवस्था तब अनौठो बन्छ जब उत्पादन प्राकृतिक हो भनेर प्रमाणित गर्न उनी बिस्कुट जस्तै साबुन खान थाल्छन् ।

भिडियोमा अध्यक्षले यो साबुन यति प्राकृतिक छ कि पेटमा गएमा शरीरको बोसो र तेलमा परिणत हुने बताएका छन् । कम्पनीका अध्यक्षले साबुन प्राकृतिक हो भनी प्रमाणित गर्ने प्रयासमा यो सबै गरेको हुनसक्छ, तर भिडियो भाइरल भएपछि मानिसहरूले इन्टरनेटमा धेरै ठट्टा गरिरहेका छन्। कसैले रमाइलो गर्दै लेखे- यसले विपद्को अवस्थामा जीवन बचाउन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *