‘हाई गर्मी’ भन्दै आइन् समिक्षा अधिकारी ( भिडियो )
काठमाडौं। गायिका समिक्षा अधिकारी र गायक अभिनय निरौलाको स्वरमा रहेको ‘हाई गर्मी’ बोलको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक अभिनय निरौलाको शब्दमा रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा प्रोमिस गौतम र अन्जना राउतबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोलाई संदेश रिमालले कोरियोग्राफी गरेका हुन्। सुबिन गोदार र एलेक्स पुडासैनीले भिडियोलाई छायाँकन गरेका हुन्। बिष्णु खड्काले सम्पादन गरेको भिडियोलाई मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो।

साउथ अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक तथा गीतकार निरौलाले यसअघि ‘हुन्न नभन, ‘अन्तै मबाट’, ‘घिर्लिङ, ‘मानवतस्कर’ लगायत म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्।
साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment