गौशालामा दिनदहाडै चक्कु प्रहार
काठमाडौं। गौशलाको पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि चक्कु प्रहार भएको छ।
पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई एक व्यक्तिले चक्कु प्रहार गरी फरार भएका छन्।
चक्कु प्रहार भएको थाह पाएपछि गौशला वृत्तका प्रमुख डिएसपी केशव थेबे घटना स्थलमा पुगेका छन्। प्रहरीले घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ।
प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार घाइतेको सिनामंगलस्थित अस्पतालमा उपचारका लागि लगिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment