भारतसँग क्रिकेटमा पराजित भएपछि ओलीले भने- हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ

डिसी नेपाल
१६ असोज २०८० १०:५८
80
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेटरले खेलेको खेल प्रति सन्तुष्ट ब्यक्त गरेका छन् ।

एसियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी-२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भए पछि ओलीले सो एकदिन जीत हुनेमा आशावादी हुनु पर्ने बताएका छन्।

‘मात्र २३ रनको फरक, हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन, ‘कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ ।’

चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल भारतसँग २३ रनले पराजित भएको थियो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुदैँ बाहिरिए पछि ओलीको सो प्रतिक्रिया आएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *