बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न सरकारसँग कांग्रेसको माग

डिसी नेपाल
१७ असोज २०८० १४:५१

काठमाडौं। नेपाली कांग्रेसले युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न सरकारसँग माग गरेको छ ।

सभापति शेरबहादुर देउवाले युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी, प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारसँग आग्रह गरेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *