‘सबै दलले कोशी प्रदेश सरकारलाई समर्थन गर्नुपर्छ’

डिसी नेपाल
१७ असोज २०८० २०:३९

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको वर्तमान सरकारलाई सबै राजनीतिक दलले समर्थन गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश मध्यावधि निर्वाचनमा जानु उचित नभएकाले त्यसतर्फ सबै राजनीतिक दलले त्यसान ध्यान दिनुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले देशमा साम्प्रदायिक सद्भाव कायम गर्नु सबै नेपालीेको दायित्व भएको बताउँदै नेपालको जातीय विविधता र एकता बिगार्नेबाट सचेत हुन आवश्यक भएको विचार व्यक्त गरे ।

अध्यक्ष ओलीले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा संसद्को दुई तिहाइ मतबाट मात्र हुनसक्ने बताए । उनले गणतन्त्रका विरुद्धका अभिव्यक्ति नागरिक स्वतन्त्रताको उपयोगबाहेक केही नभएको टिप्पणी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *