एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजन माओवादी केन्द्रमा प्रवेश
काठमाडौं। एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी उनीहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन्।
अध्यक्ष प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरे।
हरिजन २०७० सालको संविधासभा सदस्य, यादव एमाले निकट किसान महासंघका केन्द्रीय सदस्य हुन्। उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment