किरण र सबीना फिचर्ड ‘निर्णय’ सार्वजनिक ( भिडियो )
काठमाडौं। केही महिना अघि ‘प्राप्ती’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक किरण पुन्जले फेरि आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘निर्णय’ सार्वजनिक गरेका छन्। प्रेमिल शैली यस गीतमा शब्द, संगीत भुगोल आर दाहालको रहेको छ भने गीतलाई राजेन्द्र वाइबा तामाङले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा बाल्यकालमा छुट्टिएका दुई मिल्ने साथीको कथामा आधारित छ। सहरबाट आफ्नो प्रिय साथीलाई सम्झेर खोज्दै फर्केको दृश्यहरु भिडियोमा समावेश गरिएको छ।

गायक पुन्ज र सबीना गिरीको भिडियोमा अभिनय रहेको छ। भिडियोमा नितेश लामा ( नियोन ) को छायाँकन, सम्पादन रहेको छ भने राजेन्द्र वाइबा तामाङको निर्देशन रहेको छ। भिडियो गायक पुञ्जको अफिसिएल च्यानल ‘किरण पुन्ज‘ मार्फत सार्वजनिक भएको हो।
झण्डै दुई दशकदेखि संगीतमा सक्रिय गायक पुन्जले प्रयाग संगीत विद्यालयबाट संगीत प्रभाकर गरेका हुन्। गायक पुन्ज २०६४ साल देखि संगीत शिक्षकको रुपमा समेत कार्यरत छन् । २०६६ सालमा किरण नामक एल्बम प्रकाशन गरेर चर्चामा आएका पुन्जले विभिन्न शास्त्रीय संगीतका कार्यक्रमहरूमा पनि गीत गाउँदै आइरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment