एनआरएनएले स्थापना दिवस मनाउँदै, यस्तो छ तयारी
लण्डन। गैरआवासीय नेपाली संघ(एनआरएनए) ले आफ्नो स्थापना दिवस मनाउने तयारी गरेको छ। गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघले परम्परागत रुपमा भोलि बुधवार (अक्टोवर ११) तारिखमा पुजापाठ गरेर सो दिवस बनाउने तयारी गरेको हो।
संघका अनुसार बुधबार बिहान ७ देखि ८।३० बजे सम्म स्वयम्भूमा गैरआवासीय नेपालीहरु जम्मा भएर पुजापाठ गर्ने छन् । यस्तै विहान ९।१५ देखि १०।३० बजे सम्म पशुपतिनाथको दर्शन गर्ने कार्यक्रमतय गरिएको छ।
यस्तै दिउंसो संघको केन्द्रीय कार्यालयमा रक्तदान, एनआरएनए फाउण्डेशनको साधारण्सभा, भवन कृतिरत्न अवार्ड वितरण लगायत ९ औं राष्ट्रिय खेलकुदका विजेता खेलाडिहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरिने संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।
गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन १७ अक्टोबरदेखि औपचारिक रुपमा सुरु हुने छ । सो महाधिवेसनको उद्धघाटन राष्ट्रिपति रामचन्द्र पौडेलले गर्ने भएका छन् ।
संघको नयाँ नेतृत्वको लागि निर्वाचन १९ अक्टोवरमा हुने कार्यतालिका तय गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment