‘तेही देउरालीमा’ बोलको गीत बजारमा

डिसी नेपाल
२४ असोज २०८० १२:१३
36
Shares

काठमाडौं। गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ।

काठमाडौको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो। गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युट्युवच्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो।

गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शी गीतको म्युजिक भिडियो बिमोचन गरिएकाे हाे।

डीएनडी तामाङको शब्द, कर्साङ लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।गीतको म्यूजिक भिडियोमा उर्मिला कार्की, कार्साङ लामा, किरण श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय समावेश गरिएको छ।

सन्तोष पराजुलीको प्राविधिक सहयोगमा रामेश्वर हुमाागाईंले छांयाकन गरेको म्युजिक भिडियोलाई राजु श्रेष्ठले निर्देशन गरेका हुन । उक्त गीतमा बाल्यकालदेखिको माया र परिवारिक कारण बिछोड भएको कुरा समावेश गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *