एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मालाई ‘डायस्पोरा बिजनेश अवार्ड’

डिसी नेपाल
२८ असोज २०८० १३:२३

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार(शर्मा) ‘डायस्पोरा बिजनेश अवार्ड’बाट सम्मानित भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शर्मालाई ‘डायस्पोरा बिजनेश अवाड’ बाट सम्मान गरेका थिए। शर्मा कतारमा सफल नेपाली व्यवसायीको रुपमा चिनिन्छन्। गैरआवासीय अभियानमा करिब दुई दशकदेखि सक्रिय शर्मा समाजसेवामा समेत सक्रिय छन्।

शर्मासँगै प्रधानमन्त्री प्रचण्डले सिजन मिडिया प्रालिले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा दक्षिण एसियाली देशका सफल व्यावसायिक व्यक्तित्वहरूलाई ‘‘एसियन प्रोफेसनल अभिच्मेन्ट अवार्ड २०२३’सहित सम्मान गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले आरके शर्मासहित आफ्नो व्यवसायमा उच्च स्थान बनाएका व्यक्तिलाई सम्मान गर्न पाउदा आफू गौरवको विषय भएको बताए। सिजन मिडियाले डा भगवान कोइराला, निर शाह, डा राजेन्द्र केसी, सन्तोष शाह, किरणकुमार श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र कुमार शर्मा लगायतका व्यक्तित्वलाई प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका थिए।

शर्माले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो एजेण्डा सार्वजनिक गरेर आफ्नो एजेण्डा सार्वजनिक तथा अध्यक्षमा उम्मेदवारी दर्ता समेत गराएका छन्। शर्माले २४ महिनामा २४ बाचा गर्ने सहित आफ्नो बाचापत्र ल्याएका छन्। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरुलाई समेट्ने योजना समेटिएको बाचापत्र सार्वजनिक गरेका थिए।

उनले आफ्नो चुनावी बाचापत्रलाई निर्वाचित भएको खण्डमा इमानदार भएर पुरा गर्न लागिपर्ने पनि बताए । ‘मेरो बाचापत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ। मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्नेमात्रै हो’, उनले भने, ‘सबै साथीहरु सकारात्मक पनि हुनुहुन्छ।’

शर्मा कतारमा सन् २००३ मा पुगेका थिए। कतारमा जागिरे जीवनबाट सफल उद्यमीको परिचय शर्माले बनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *