गणेश शाही निर्देशित रेश्मा सुनुवारको ‘पिरतीको झोली’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
३० असोज २०८० ९:५५
28
Shares

काठमाडौं। युवापुस्ता माझ लोकप्रिय गायिका रेश्मा सुनुवारले करिब १ बर्ष पछि नयाँ गीत ‘पिरतीको झोली’सार्वजनिक गरेकी छिन्। मनोरमा सुनुवार र रवि मल्लको शब्द , कल्याण सिंहको संगीत रहेको गीतमा दिक्षीत पौडेलको एरेन्ज रहेको छ।

नेपाली गीत संगीतको विकासमा निरन्तर लागिरहेको म्युजिक कम्पनी राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माण गरेको गीतको भिडियोमा बिकास लामिछाने र आभा थापाको साथमा दिपेश उप्रेती र पूजा तामाङको अभिनय रहेको छ । गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा बिशाल थापाको सिनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ ।

६० को दशकमा अत्याधिक लोकप्रियता हासिल गरेकी गायिका रेश्मा सुनुवारका ‘क्या मिठो गीत’, ‘मै ठूली भईछु रे’, ‘हुरी आयो’, ‘मलाई कस्तो देख्छ’, ‘ओई नक्कले’ र ‘राधा तिमी’ लगायत गीतहरु चर्चामा छन्।

उत्कृष्ट सृजना गर्ने श्रष्टा र नयाँ प्रतिभाहरु संग पनि सहकार्य गर्दै सँग सहकार्य गर्दै अघि बढेको राइट ट्युन इन्टरटेन्टमेन्टले लोकप्रिय गायक गायिकाको स्वरमा गीतहरुको रेकर्ड तथा भिडियो निर्माण गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *