घटस्थापनादेखि आजसम्म ४ लाख ६२ हजार यात्रु उपत्यकाबाट बाहिरिए
काठमाडौं। नेपालीहरुको महान चाड विजया दशमीका लागि गाउँ फर्किनेहरुको भीड लागेको छ। कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरु उल्लेख्य रहेका छन्। नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको उल्लेख्य छन्।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार घटस्थापनादेखि शुक्रबार विहानसम्म लाख ६२ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन्। यो संख्या अझै बढ्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरक्षक राजेन्द्रप्रसाद भट्टले बताए।
‘घटनस्थापनादेखि आज विहानसम्म काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट ४ लाख ६२ हजार यात्रु बाहिरिएका छन्,’ प्रवक्ता भट्टले डिसी नेपालसँग भने, ‘यो संख्या अझै बढ्न सक्छ। किनभने नवमीको दिनसम्म बाहिरिनेको संख्या ठूलो हुन्छ।’
ट्राफिक प्रहरीका अनुसार हाल दैनिक झण्डै एक लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्। हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment