संयुक्त राष्ट्रसंघका महासचिकाे सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

डिसी नेपाल
१५ कार्तिक २०८० १२:२४
120
Shares

गण्डकी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मुत्यु भएको छ।

आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएकामा ९ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

हेलिकप्टरमार्फत गत आइतबार आधार शिविर पुगेका ढुंगानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ। उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत थिए।

महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए। गुटेरेसको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *